शुद्दता र सत्यता आत्मपरिक्षणबाट गरौं

हामीहरु मध्ये धेरैजना यस्ता पनि छौं कि विभिन्न सन्दर्भमा मैले यसो गरें, उसो गरें, त्यसो गरें, म नभएको भए, मैले नगरेको भए  यसो हुने थियो, उसो हुने थियो, त्यसो हुने थियो, यसो हुने थिएन, उसो हुने थिएन, त्यसो हुने थिएन आदि-इत्यादि भनेर घमण्डी गर्ने । जसले गर्दा परिवारका सदस्यहरुबिच, साथिभाइहरुबिच प्रायश: जानी-नजानी फाटो ल्याउन, मनमुताब ल्याउन मलजल पुगिराखेको हुन्छ ।

कतिपय त आमा-बुबा बिरामी हुँदा पनि म नभएको भए, मैले नगरेको भए बाँच्ने थिएन, यति दिन सम्म हुने थिएन भनेर आफ्नै छोरा-छोरीहरुले आफैले बाहिर प्रचार गरिराखेका हुन्छौं । हामीलाई जन्म दिने, पालनपोषण गर्ने, हामिलाई अहिलेको बर्तमान हैसियतमा पुर्याइदिने आमा-बुबाप्रति यो त कर्तब्य नै हो, यसमा कुनै विज्ञापनको जरुरत छैन । यसैले उहाँहरुको पालनपोषण, उचित हेरचाह, आदर्पूर्वक सुखिसाथ राख्नु आफ्ना सन्तानको धर्म हो ।

यसर्थ मैले यो गरें, त्यो गरें, भनेर हिड्नुभन्दा आफैले आफ्नो मनलाई भित्रि हृदयले, शान्त मनले सोधौं, चिन्तन-मनन गरुं कि साँचीकै मैले ठिक गरेको छु र भनेर ।  यदि त्यसरी सोधेर ठिक जवाफ पायौं भने त्यो साँचो अर्थमा सेवा गरेका हुन्छौं नभए त्यो एक बनावटी, नक्कली र झुठो सेवा केवल बाहिर देखाउन मात्र गरेका हुन्छौं भनेर बुझ्नुपर्छ । यसैले आफ्नो आत्मपरिक्षणबाटै आफु ठिक वा बेठिक सजिलै छुत्याउन सक्छौं । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *