के बुद्ध विष्णुको अवतार हुन् ?

बौद्ध धर्मले कुनै दोस्रो धर्मप्रति हेला गर्न सिकाउँदैन न त अन्य धर्मको सिद्धान्तको खण्डन नै गर्छ । गौतम बुद्धले त जातिवाद, कर्मकाण्ड, पाखण्ड, हिंसा र अनाचरणको विरोध गर्नुभएको छ। गौतम बुद्धका शिष्यहरुमा कैयौं ब्राह्मणहरु पनि थिए । आज पनि यस्ता लाखौँ ब्राह्मणहरु छन्, जो बौद्ध नभै पनि बुद्धलाई अथाह प्रेम गर्छन् अनि उहाँको विचारधारालाई मान्छन् ।

बुद्धले आफ्नो धर्म या समाजप्रति घृणा या खण्डन-मण्डनको कुनै आधार खडा गर्नुभएन । कुनै विचारधाराप्रति घृणा फैलाउनु त कुनै राजनीतिज्ञको काम हुनसक्छ र खण्डन-मण्डन गर्नु दार्शनिकको काम हुनसक्छ। बुद्ध न त दार्शनिक हुनुहुन्थ्यो न त राजनीतिज्ञ। बुद्ध त वश बुद्ध हुनुहुन्थ्यो। हजारौँ वर्षमा मात्र कोहि बुद्ध हुन सक्छ । बुद्ध जस्ता यो धर्तीमा अरु कोहि दोस्रा छैन । तर दुखको कुरा कोहि बुद्धलाई बदनाम गरिराखेका छन्।

के बुद्ध विष्णुको अवतार हुन् ?: कोहीका अनुसार बुद्ध हिन्दुका अवतार मान्नु उचित हुँदैन । उनको तर्क यो छ कि कुनै पनि पुराणमा उनको विष्णु अवतार भएको कुनै उल्लेख छैन र यो कुनै हदसम्म सही पनि हो ।

बौद्ध पुराण ललितविस्तारपुराणमा बुद्धको विस्तृत जीवनी पाइन्छ । हिन्दुहरुको अठार महापुराण तथा उपपुराणमा बुद्धको उल्लेख छैन। तर कल्कि पुराणमा बुद्धका अवतार भएको उल्लेख पाइन्छ । अब सवाल यो उठ्छ कि कल्कि पुराण कहिले लेखिएको हो? यो विवादको विषय हुनसक्छ । कल्याणको कुनै अंकमा बुद्धलाई विष्णुको २४ अवतारमा एक २३ औं अवतारमा चित्रित गरिएको छ । दाशावतारको क्रममा उनको ९ औं अवतारको रूपमा चित्रित गरिएको छ । यस सम्बन्धमा पुराण बाहेक अन्य कैयौं ग्रन्थमा यसको उल्लेख पाइन्छ, कि बुद्ध हिन्दुको अवतारी पुरुष हो, तर मूल पुराणमा कतै उल्लेख छैन।

कल्किपुराणभन्दा पूर्व अग्नि पुराण (49/8-9) मा बुद्ध प्रतिमाको वर्णन पाइन्छ:- ‘भगवान बुद्ध माथि पद्ममय आसनमा बस्नु भएको छ। उनको एक हातमा वरद तथा दोस्रोमा अभयको मुद्रा छन् । उहाँ शान्तस्वरूप हुनुहुन्छ। उनको शरीरको रंग सेतो, कान लामो छन् र सुन्दर पीतवस्त्रमा आवृत छन् ।` उहाँ धर्मोपदेश गरी कुशीनगर पुग्नुभयो र उतै उहाँको देहान्त भयो ।

– कल्याण पुराणकथांक (वर्ष ६३) विक्रम संवत २०४२ मा प्रकाशित। पृष्ठ संख्या ३४० बाट उद्धृत। यो वर्णनमा यो कतै भनेको छैन कि बुद्ध विष्णुको अवतार हो ।

बुद्ध कुनै जाति या समाजको हुनुहुन्थ्यो ? यो सवालले कुनै अर्थ राख्दैन । गौतम बुद्धले आफैले आफैलाई न त कहिल्यै क्षत्रिय भन्नुभयो, न ब्राह्मण न शाक्य। तर शाक्यहरुको पक्ष लिनुको कारण कोहि उहाँलाई शाक्य मानेर शाक्यमुनि भन्छन। के बुद्ध आफैलाई कुनै जाति या समाजमा सीमित राख्नसक्छ? बुद्धलाई यसप्रकारको कुनै जाति विशेषमा सीमित गर्नु त बुद्धलाई अपमान गर्नु हो । बुद्धलाइ जो वास्तबमै  प्रेम गर्छन ऊ बुद्धलाई कुनै सीमामा बाँध्न सक्दैन । भगवान बुद्धको बारेमा जसले पढेको र बुझेका छन्, उसले कुनै पनि प्रकारले दोस्रो समाजका व्यक्तिप्रति नकारात्मक प्रचार गर्नसक्दैन । यदि उसले यस्तो गरिराखेको भए ऊ विश्वमा बौद्ध धर्मको प्रतिष्ठालाई तल पुर्याइराखेको हुन्छ ।

– ओशो (यो लेख WEB DUNIYA हिन्दि संस्करणबाट अनुवाद गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *