के तपाईंलाई थाहा छ बुद्ध एक मनोविज्ञ हुन् भनेर ?

बुद्धकालिन समयमा श्रावस्तीमा बस्ने एक गरिब परिवारकी चेलि गौतमीलाइ बच्चादेखि साह्रै दुब्ली भएकीले कृशागौतमी भनिन्थ्यो । आमाबुबाको छत्रछायाँमा क्रमश हुर्कदै उमेर पुगेपछि गौतमीलाइ पनि एउटा राम्रो वर खोजेर बिवाह गरिदिएमा छोरी सुखि होलिन् भन्ठानेका थिए, तर छोरीको लागि सर्वस्व त्यागे पनि नियति ठिक विपरित भइदियो । बिहे भएर गएपछि सासु-सासुरा, देबरानिहरुले सारै अचाक्लि गर्न थाले, तैपनि हरेस नखाइ सबै दुख, पिरमर्कालाइ तिलान्जलि दिएर चुपचाप सहेर आफ्नै कर्ममा लागि नै रहिन । समयको अन्तरालसँगै कृशागौतमी गर्भवति भइ र एक सुन्दर छोरालाई जन्म दिइन् । घरमा नयाँ सन्तानको आगमन सँगै सासु-ससुराले गर्ने ब्यबहारमा परिवर्तन आउन थाल्यो । भर्खरै जन्मेको छोरा एकदम सुन्दर थियो, आफनो बंशको नाति भयो भनेर श्रीमानको घरबाट सबैले राम्रो ब्यबहार गर्न थाले । आफ्ना आमाबुबाको शौभाग्यको प्रतिक कृशागौतमी छोराको दैनिक क्रियाकलाप, उसको तोतेबोलि, लडिबुडि खेलाइसँगै दिनचर्या बितेको पत्तै हुदैन्थ्यो । त्यस्तैमा कृशागौतमी माथि नै जीवनमा अर्को ठुलो बज्रपात पर्यो । अचानक छोरालाइ सर्पले टोकेर तुरुन्त मृत्यु भयो। कृशागौतमी जहाँको त्यही मुर्छामा परिन र मरेको छोरालाई काखी च्याप्दै गाउँ, शहर चाहार्न थालिन् । मानिसहरुले उसको दुख देखेर सान्त्वना मात्र देखाउँथे तर त्यसको समाधान कसैले गरिदिन सकेन । त्यस्तैमा कसैले भने, ‘नानी ! तिम्रो मरेको छोरालाइ तथागत बुद्धले मात्र बचाउन सक्छ ।


एकदिन बुद्ध धर्म प्रचारप्रसार गर्दै कृशागौतमी भएको बाटोमा आउनुभयो, कृशागौतमीले बुद्धलाइ देख्नेबित्तिकै संसारमा आफ्नो भन्ने कोहि छैन, यहि एउटा छोरा मात्र हो, यो पनि मर्यो, मेरो छोरालाइ जसरि भएपनि बचाइदिनुपर्यो’ भनेर बिलाप गर्न थालिन् । बुद्धले अनेक तरहले सम्झाउने कोशिस गर्न थाल्नुभयो तर सबै कोशिस बेकार भयो ।
कृशागौतमीको मानसिक अवस्थालाइ राम्रोसङ्ग बुझ्नुभएका बुद्धले त्यसोभए ‘कृशागौतमी ! तोरी एकमुठि लिएर आऊ, म तिम्रो छोरालाइ बचाइदिन्छु’ भन्नुभयो । दुखी गौतमीलाई बुद्धको ती शब्दहरु सुनेर होश आएको जस्तो अनुभुति भयो । त्यही बेलामा फेरी बुद्धले ‘कृशागौतमी ! तर त्यो एकमुठि तोरी यस्तो घरबाट ल्याउनुपर्छ कि जुन घरमा अहिलेसम्म कसैको पनि मृत्यु नभएको होस ।’ त्यसपछि गौतमी आफ्नो मरेको छोरो काखि च्यापेर एकमुठि तोरी लिएर आउछु भनेर लागीन् । शुरुमा एउटा घरमा एकमुठि तोरी मागीन् र फर्किनेबेलामा सोधिन् अहिलेसम्म यो घरमा कसैको मृत्यु भैसकेको छ कि छैन ? त्यो घरको मान्छेबाट जवाफ आयो, नानी ६ महीना अघि मात्र हजुर आमा बित्नुभयो । गौतमी निराश भएर त्यसो भए यो तोरी भैइहाल्यो, चाहिदैन भनेर फिर्ता दिइन् । यसरी दिनभरी धेरै घरमा चाहारिन् तर त्यस्तो तोरी पाउन सकिनन् कि अहिलेसम्म जुन घरमा कोहि पनि नमरेको होस् । अन्त्यमा गौतमी निराश भएर बुद्धकहाँ पुगेर आफ्नो असमर्थता ब्यक्त गरिन् र बुद्धले किन आफुलाइ त्यस्तो तोरी ल्याउनको लागि भन्नुभएको पनि बुझिन् । अन्तिममा यो संसारमा कुनै पनि मानिस या जीबको जन्मपछी त्यस्को अन्त पनि अवश्य हुदोरहेछ भन्ने सत्यता थाहा भयो ।
यो दृष्टान्तबाट के बुझ्न सकिन्छ भने हाल संसारमा देखिएका मानसिक असन्तुलनका घटनाको समाधान आजभन्दा २६०० वर्ष अगाडि कसरी सजिलो ढङ्गबाट बुद्धले गरिदिनुभयो भन्ने कुरा बुझ्न सकिन्छ । यो अर्थमा बुद्धलाइ एक मनोबिज्ञ भनेर पनि संसारभर चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *